काठमाडौं, २२ वैशाख । आज नेप्से परिसूचक ९.६२ अंक घट्नुका साथै कारोबार रकम पनि खुम्चिएको छ ।
हिजो २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको हो । हिजो ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा आज ७ अर्ब ६३ करोडको मात्रै भएको छ ।

नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१।१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले घटेका छन् ।

जम्मा तीन समूह लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमामा सामान्य वृद्धि देखिएको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रोको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । त्यस्तै हिमालयन पावर पार्टनरको सेयर भने १० प्रतिशतले घटेको छ ।

आज पनि उच्च कारोबार हुने सबैजसो कम्पनी जलविद्युत् क्षेत्रका नै परेका छन् । ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर