काठमाडौ, ४ बैशाख । आज नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुग्नुका साथै कारोबार रकम पनि बढेको छ।

बुधबार ७ अर्ब २६ करोडको कारोबार भएको नेप्सेमा आज १० अर्ब ७९ करोड बढीको कारोबार भएको छ ।

आज ३११ स्टकको ९० हजार ५५५ पटकको कारोबारमा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँबराबरको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सेन्सेटिभ इण्डेक्स ६.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०३ अंक बढेको छ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ६२ करोड रुपैयाँ र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५० करोडको शेयर किनबेच भएको छ।

बिहीबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक सामान्य प्रतिशतले घटेको छ। बिहीबार लगानी उपसमूहको परिसूचक सर्वाधिक २.९९ प्रतिशत बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर