काठमाडौं,६ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ ।
यससँगै मृतक सँख्या अहिलेसम्म ५८४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २१ हजार ६९५ जनाको पीसीआर र ३९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ८३०५ जनामा संक्रमण पुष्टि भएको छ । पिसिआरबाट ८२२७ र एन्टीजेन विधिबाट ७८ संक्रमित पुष्टि भएका छन् ।
अहिले ६५४३ जना संक्रमित व्यक्ति विसेक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख ६६ हजार ९४६ संक्रमित विसेक भइसकेका छन् ।
यसैगरी, सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।
