काठमाडौ, ५ जेठ । कोरोना संक्रमितले ३० निजी अस्पताल तथा मेडिकल कलेजबाट निःशुल्क उपचार पाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक वक्तव्य प्रकाशित गर्दै सो जानकारी दिएको हो ।
सात प्रदेशका ३० वटा निजी अस्पताल तथा मेडिकल कलेजसँग निःशुल्क उपचारका लागि सम्झौता भएको कुरा सह–प्रवक्ता समीरकुमार अधिकारीले बताउनुभएको छ ।
मन्त्रालयले आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आईसीयू तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले सोधभर्ना बापत अस्पताललाई दिने वताइएको छ ।
मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरुले संक्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने वताइएको छ ।
