काठमाडौ, ४ जेठ । पछिल्लो चौविस घण्टामा थप ८२०३ जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) पुष्टि भएको छ ।
सो २०२८६ जनामा पीसीआर र ६९३ जनामा एन्टिजेन परिक्षण गर्दा पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यससँगै संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको जनाइएको छ भने ६८९१ जना विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १९६ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
