काठमाडौ, १ जेठ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ ।
उक्त कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यो सँख्यासँगै कुल मृतक सँख्या ४८५६ पुगेको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १७९७१जनाको पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा थप ८१६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५४८८ जना संक्रमित विसेक भएका छन् ।
यससँगै विसेक हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ ।
अहिले १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
