काठमाडौँ, १ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ ।
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले वताउनुभएको हो ।
उहाँले नेपाललाई यस्तो भयावह अवस्थामा आपत्कालीन सहयोगको आवश्यक रहेको बताउनुभएको छ ।
उहाँँले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताउनुभएको छ ।
अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उहाँले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताउनुभयो ।
डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने डा.गेहब्रेयससले बताउनुभयो ।
