बेरुत, लेबनान, १९ माघ । सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी हत्या गरेको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।

“बन्दुकधारीहरूले भाग्नु अघि गाउँका मानिसहरूलाई गोली हाने ।”

अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको थिए ।

सिरियाली अखबार अल–वतानले सुरक्षा बलहरूले हत्याको पछाडि अपराधीहरूलाई खोज्न अर्जाह क्षेत्रलाई घेरेको बताएको छ ।

उक्त आक्रमणमा मारिनेहरूमा पूर्व अफिसर र सिपाहीहरू थिए । एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर