काठमाडौं, १८ माघ स् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाउनुभएको हो । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाउनुभयो । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियारलगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गर्नुभयो ।
सङ्घीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख घिमिरेसमक्ष अनुरोध गर्नुभयो । प्रतिनिधिसभा सदस्य लामिछानेलाई गत पुस ८ गते प्रतिनिधिसभा सचिवालयले सांसद पदबाट निलम्बन गरेको थियो ।
रास्वपा सांसदद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरुले प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक बहिष्कार गरेका छन् ।
रास्वपाले आजको बैठकमा आकस्मिक समयमा बोल्नु पाउनुपर्ने माग राखेको थियो । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्ने कार्यसूची तय भएको भन्दै आकस्मिक समय नरहेको बताउनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा रास्वपाले करिब आधा घण्टा उठेर बैठक अवरोध गरेको थियो । विरोधकै बीच सभामुख घिमिरेले बैठकको काम कारबाही अगाडि बढाउनु भएपछि रास्वपा सांसदहरु बैठककक्ष छोडेर बाहिरिएका हुन् ।
–––
–––
