१६  माघ, काठमाडौं ।   नेविसंघका युवा नेता योगेन्द्र रावलले विश्व विद्यालय राजनीतिक दलहरूको अखडा भएको आरोप लगाउँदै  सबै नियुक्ति राजनीतिक गन्ध रहित हुनु पर्ने बताए।  त्रिभुवन विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्दा खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्छ भन्दै आफ्नै नेतृत्वमा चरणबद्ध आन्दोलन गरेर सहमति गरेता पनि कार्यान्वयन नभएकोमा नेता रावलले आपत्ति जनाए ।

रावलले त्रिभुवन विश्व विद्यालयले आफ्ना मागहरूमा सहमति जनाए पनि सहमति लागु नगरेर त्रिभुवन विश्व विद्यालय एमाले र माओवादीको भर्ती केन्द्र बनाएको गुनासो गरे । उनले भिसी माओवादीको कोटाबाट नियुक्त गरेको र रेक्टर एमालेको कोटाबाट नियुक्त गरेको भन्दै त्रिभुवन विश्व विद्यालयको रजिस्टार कथित डेमोक्रेटिक भनिए पनि सबै राजनीतिक दलहरूको रबर स्ट्याम्प रहेको उनले बताए ।

त्रिभुवन विश्व विद्यालयमा पढाइ हुने पाठ्यक्रम नै स्खलित हुँदै गएको नेता रावलको भनाइ छ। उनले अहिले पढाइ भइरहेको पाठ्यक्रम कम्युनिस्ट विचारधाराको रहेको बताए। “अहिले जुन पाठ्यक्रम पढाइ भइरहेको छ यसैलाई निरन्तरता दिइरहने हो भने त्रिभुवन विश्व विद्यालयबाट कम्युनिस्टहरू मात्रै उत्पादन हुनेछन्।“ उनले भने।

नेपाल विद्यार्थी सङ्घको आन्तरिक विवाद बारे खुलेर बोलेका नेता रावलले नेविसंघका अध्यक्ष असक्षम रहेको बताए। उनले ६ महिना भित्र अधिवेशन गर्न बनाइएको अध्यक्षले हालसम्म कुनै बैठकसम्म राख्न नसक्नु असक्षमता भएकोले नेविसंघको असक्षम नेतृत्वलाई अपदस्त गर्नु पर्ने उनको भनाइ छ। नेविसंघको केन्द्रीय समिति नै साढे सात सय रहेकोमा उनको आपत्ति छ। उनले अहिले भएका सबै केन्द्रीय सदस्यहरू मानार्थ रहेको बताए।

एक फरक प्रसङ्गमा नेता रावलले रवि लामिछानेको पार्टी सहकारी ठग नै रहेको ठोकुवा गरे। नयाँ केही गर्छु भनेर आएका रवि नयाँ जोगी जस्तै रहेको उनको टिप्पणी रहेको छ । उनले भने “काठमाडौँ ठग्छ,पोखरा ठग्छ, बुटवल ठग्छ आफ्नै निर्वाचन क्षेत्र चितवन ठग्छ अझै नपुगेर पर्सासम्म ठग्न पुग्छ अनि किन ठगेको भन्दा प्रतिसोध साधेको भन्दछ ।“

 

प्रतिक्रिया

सम्बन्धित खवर