काठमाडौ, ३० वैशाख । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जनाएअनुसार यो मृत्यु सँख्यासँगै कुल सँख्या ४४६६ पुगेको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १९४७४ जनामा पीसीआर र ७७१ जनामा एन्टिजेन परीक्षण गर्दा थप ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा ५०५५ जना कोरोनाबाट विसेक भएका छन् ।
यससँगै विसेक हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ
।
