काठमाडौँ, २७ वैशाख । नेपालमा गत २४ घण्टामा थप ९,२७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।पीसीआर विधि र एन्टिजन विधिबाट १८,४११ जनाको परीक्षणगरिएको थियो । संक्रमितको यो संख्या अहिले सम्मकै धेरै हो ।
यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा मात्रै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको संख्या यो हालसम्मकै धेरै हो ।
यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ।
