काठमाडौं, २६ वैशाख । पछिल्लो २४ घण्टामा ८८ जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै अहिले ३६८४ जना संक्रमितको निधन भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १८ हजार ७८७ जनाको आरटीपीसीआर र ५०६ जनाको एन्टीजेन परीक्षण गर्दा ८८५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा ४ हजार २२ जना संक्रमणबाट विसेक भएका छन् । यससँगै विसेक हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ ।
अहिले ८८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर