काठमाडौं,२५ वैशाख । पछिल्लो चौविस  घण्टामा कोरोना भाइरस संक्रमणबाट५३ जनाको मृत्यु भएको छ ।
यस सँख्यासँगै अहिलेसम्म कोरोनाबाट ३६३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १७ हजार ३१५ जनाको आरटी पीसीआर र ९८९ जनाको एन्टीजेन परीक्षण गर्दा ८४१८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
थप उक्त सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही समयावधिमा ३३७० जना सङ्क्रमित विसेक भएका छन् ।
यससँगै अहिलेसम्म २ लाख ९८ हजार ७६५ सङ्क्रमित विसेक भइसकेका छन् ।
अहिले ८३ हजार ४९३ जनामा सक्रिय सङ्क्रमण रहेको छ भने ३९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर