काठमाडौँ, २४ वैशाख । पछिल्लो चोविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५० जनाको मृत्यु भएको छ ।
योसँगै मृतक संख्या ३ हजार ५७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १९ हजार ९८७ जनाको आरटी पिसिआर र ४९५ जनाको एन्टीजेन परीक्षण गर्दा ९१९६ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो चौविस घण्टामा २ हजार ९०५ जना संक्रमित विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।
अहिले सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ छन् भने क्वारेन्टाइनमा ३८० जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर