काठमाडौँ, ९ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम विभागमा दश सदस्यलाई आज मनोनयन गर्नुभएको हो ।
मनोनितहरूमा रवि सिंह ९काठमाडौँ०, आङदोर्जे लामा शेर्पा ९रामेछाप०, गोमाया खण्डलु ९चितवन०, केशर बुढाथोकी ९उदयपुर०, हीरा भगत ९धनुषा०, रमेश शर्मा ९काठमाडौँ०, खिमप्रकाश मल्ल ९स्याङ्जा०, टेकबहादुर खड्का ९बाँके०, यमबहादुर बिसी ९सुर्खेत० र प्रकाशबहादुर सेठ्ठी ९कैलाली०लाई रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
