काठमाडौं, २३ असोज । वरिष्ठ गीतकार विश्व बल्लभको आज निधन भएको छ । उहाँ ८० वर्षको उमेर हुनुहुन्थ्यो ।
उहाँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचार भइरहेको गीतकार राजेन्द्र थापाले जनाउनु भएको छ ।
बल्लभको पार्थिव शरीरलाई आज दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।
रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । जसको विवाह भइसकेको छ । उहाँकी श्रीमतीको दुई वर्षअघि क्यान्सरबाट निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् ।
