काठमाडौँ, १२ असोजः चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुङ्गा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छभने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् ।
तनहुँको घाँसी कुवा नजिकै पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । व्यास १२ घाँसीकुवा नजिक ठुलो पहिरो आएको प्रहरीले जनाएको छ । राती आएको पहिरो पन्छाउने काम भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
