ललितपुर, २७ भदौ । ललितपुरको एकान्तकुनामा पुरै घर भाडामा लिएर कल सेन्टर खोलेर अवैध कारोबारगरिरहेको आरोपमा दुई चिनियाँ र एक फिलिपिनोसहित करिव ५० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मार्दा तिनीहरुलाई फेला पारिएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

उक्त कल सेन्टरमार्फत् नेपालीहरूलाई आश्वासनमा पारी लगानी गर्न लगाउने र ठगी गर्ने जस्ता अवैध गतिविधि भएको पाइएको प्रवक्ता बोगटीले बताउनुभएको छ ।

उक्त कल सेन्टरबाट मानिसहरूलाई लोभलालचमा पारी अवैध कारोबार गर्ने र ठगी गर्ने, क्रिप्टो करेन्सीमा लगानी गराउने जस्ता अवैध कारोबार भइरहेको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर