काठमाडौँ, २४ भदौः प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मुलुकभर मनाइँदैछ । यसै क्रममा आज वी पी चिन्तन प्रतिष्ठान केन्द्रियले प्रजातान्त्रिक समाजवादको अन्तर संवाद कार्यक्रम वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वर सपन्न गरेको छ। उक्त कार्यक्रम कोइरालाले गरेका योगदान बारे छलफल भएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनका युगद्रष्टा, राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक बी पी कोइरालाका विचारहरु आजको समयमा कति सद्रभिक छ भने कुरा को बहस समेत भएको थियो ।

बीपी चिन्तन प्रतिस्ठानका अध्यक्ष हरिबोल भट्टराईको सभपतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एन पी साउद, संस्थाका सह अध्यक्ष पुश्प पराजुली, गोविन्द शर्मा, भक्तराज भुसाल, तेज प्रकाश पण्डित, र अनिल्कृष्ण प्रसाईले बिपिका बहुआयमिक बिचार उनको प्रजातन्त्र प्रतिको संघर्षको चर्चा गर्नुभएको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर