काठमाडौँ, २९ साउनःसंसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

सरकारले यही साउन १४ गते डा शङ्कर शर्मा ९भारत०, प्राडा कृष्णप्रसाद ओली ९चीन०, लोकदर्शन रेग्मी ९संयुक्त राज्य अमेरिका०, चन्द्रकुमार घिमिरे ९संयुक्त अधिराज्य०, डा शिवमाया तुम्बाहाम्फे ९दक्षिण कोरिया०, प्रा धनप्रसाद पण्डित ९इजरायल०, रामकृष्ण भट्टराई ९श्रीलङ्का० र रीता धिताललाई ९पाकिस्तान० का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नरेशविक्रम ढकाल ९साउदी अरेबिया०, प्राडा कपिलमान श्रेष्ठ ९दक्षिण अफ्रिका०, सनिल नेपाल ९स्पेन०, डा शैल रुपाखेती ९जर्मनी०, जङ्गबहादुर चौहान ९रुसी महासङ्घ०, रमेशचन्द्र पौडेल ९कतार०, सुम्निमा तुलाधर ९डेनमार्क०, डा नेत्रप्रसाद तिमिल्सिना ९मलेसिया० र प्रकाशमणि पोखरेललाई ९पोर्चुगल० लाई सिफारिस गरेको छ ।

नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर