काठमाडौँ,  ८  साउनः   नेपाल प्रहरीका जनपदतर्फका  प्रहरी नायब महानिरीक्षक ९डिआइजी० रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिकोे सोमबार बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । एआइजीमा बढुवाका लागि सिफारिस हुनुभएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर