काठमाडौं, १६ वैशाख । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९) बाट ३५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको उक्त सँख्यासँगै कुल संख्या ३ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १२ हजार ५९७ जनाका आरटी पिसिआर र ९६३ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ४९२८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ५९७ जनाका पिसिआर र ९६३ (९७ जनामा पोजिटिभ) जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ४९२८ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संंख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
अहिले सक्रिय संक्रमितको सख्या ३४ हजार ११७ पुगेको छ भने ८८८ जना संक्रमित विसेक भएका छन् । यससँगै विसेक सँख्या २ लाख ८० हजार १६७ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर