काठमाडौँ, १७ असारः नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

देउवा र ओलीबिच सकारात्मक कुराकानी भएको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । ‘बालकोटमा पूर्वप्रधानमन्त्री ओलीसँग अत्यन्तै सौहार्दपूर्वक भेट भएको छ। सकारात्मक कुराहरू छन्। यसका बारेमा अहिले धेरै टिप्पणी नगरौं,’ देउवाका भनाइ उद्धृत विश्वकर्माले जानकारी दिनुभयो । बैठकमा देउवाले आफूलाई ओलीले चिया खान भनेर बोलाएको र आफू गएको  बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

 

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर