काठमाडौँ, १० असार । निलम्बित मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
मन्त्रिपरिषद्बैको आज विहान वसेको बैठकले निलम्बित मुख्यसचिव अर्याललाई आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी सरुवा गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ ।
मन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘नेपाल सरकारका मुख्यसचिव डा. अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानुन बमोजिम निज स्वतः निलम्बन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा रा.प.विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी निजलाई उक्त पदमा सरुवा गर्ने ।’’
