काठमाडौ, २३ जेठ । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिनुभएको र सो राष्ट्रपति मुर्मुले स्वीकार गरिसक्नुभएको छ ।
यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनु हुनेछ ।

प्रधानमन्त्री मोदीको राजीनामासँगै नयाँ प्रधानमन्त्रीको बाटो खुलेको छ। नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन। लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।

मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीतेको छ । भाजपा नेतृत्वको एनडिए गठबन्धनको २९३ सिटसहित बहुमत छ।

स्रोतका अनुसार तेलुगु देशम पार्टी ९टीडीपी० र जनता दल–युनाइटेड ९जेडीयू० को नेतृत्वले सरकार गठनका लागि सहयोग गर्ने सङ्केत दिएका कारण भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्वमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० सरकार गठन र प्रधानमन्त्रीेको शपथ ग्रहण समारोह जुन ८ का लागि तय गरिएको छ ।

बुधबार अपरान्ह् हुने गठबन्धनको बैठकपछि दुवै पार्टीले भाजपालाई औपचारिक समर्थन पत्र बुझाउने सहमति भएको बताइएको छ ।

भारतीय जनता पार्टी ९भाजपा० को नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडीए० का नवनिर्वाचित सांसदहरूको बैठक जुन ७ मा राजधानीमा हुने र सरकार गठनका लागि छलफल हुने भाजपा स्रोतले बताएको छ ।
यद्यपि एनडिए गठबन्धन फुटाएर विपक्षी भारतीय नेशनल कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धनले सरकार बनाउने प्रयास गरिरहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर