काठमाडौं, १० वैशाख । चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९) बाट ५ जनाको मृत्यु भएको छ ।
यससँगै मृत्यु हुनेको सङख्या ३१२२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा आठ हजार ७९८ आरटी पीसीआर परीक्षण गर्दा २५५९ जनामा संक्रमित पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १४ हजार ७२४ जनामा सक्रिय सङ्क्रमण रहेको छ भने ४१० जना सङक्रमित विसेक भएका छन् ।
