कठामाडौ, १० बैशाख । राजनीतिज्ञ एवं नेपाली साहित्यका चर्चित उपन्यासकार एवं कथाकार तारिणीप्रसाद कोइरालाको आठौ कृति प्रभा उपन्यास आज यहाँ एकसमारोह वीच विमोचन भयो ।
बौध्दस्थित कोइराला निवासमा आयोजित उक्त समारोहमा नेपाली कांग्रेसका नेता एवं तारिणीप्रसादका पुत्र ज्योती कोइरालाको आत्मकथा मैले देखे भोगेको कुरा पनि विमोचन गरियो ।
कोइराला परिवारका सदस्य एवं नातेदारव्दारा संयुक्त रुपमा सो कृतिहरु विमोचन गरिएको थियो ।
समारोहमा ज्योती कोइरालाकी धर्मपत्नी इन्दिरा कोइराला र वरिष्ठ पत्रकार रमेश तूफानले ज्योती कोइरालाको आत्मकथाका बारेमा प्रकाश पार्दै सो लेख्न आफूहरुले उहाँलाई घचघचाइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर