ताप्लेजुङ, १० वैशाख । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अन्तर्गत चिलिमे गाउँको एक घरमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ । आगो त्यस गाउँका लामा नुर्प शेर्पाको घरमा लागेको हो ।

आगलागीबाट १३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुंगेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा आगो लागेको सुरु अनुसन्धानबाट देखिएको छ । आगोले निज शेर्पाको २ तले घर पूर्णरुपमा जलेको  छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद २० हजार रुपैयाँ नष्ट भएको छ ।

स्थनीय ताप्केगोला प्रहरी चौकीबाट राति नै  घटनास्थल पुगेको प्रहरी टोली र स्थानीयले आगो निभाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर