काठमाडौ, १२ चैत । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ ।

सप्तरीका राजनीतिककर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ । “मधेसमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो ।

होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ । त्यस्तै, ठूलाबढाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेसको परम्परा छ ।

झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्नुहुन्छ, “जोगिरा सररर।।। बोलको गीत मधेसमा निकै चर्चित छ ।

राधा(कृष्ण र शिव(पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उहाँले सुनाउनुभयो । संस्कृतविद् धिरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मियता अधिक हुने गरेको बताउनुभयो । “ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ”, उहाँ भन्नुहुन्छ, “नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर