काठमाडौ, ५ चैत । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरका अनुसार महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको हो ।

उहाँलाई अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं ल्याइ प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालय लगेको छ।

सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृह मन्त्रालयले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर