लुम्बिनी, २३ फागुनः नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक इन्द्रजित थारूले समर्थन फिर्ता लिएको जानकारीसहितको पत्र मुख्यमन्त्रीको सचिवालयमा बुझाएको बताउनुभयो । कूल ८७ सदस्यीय प्रदेशसभामा १० दलका ८६ र एक स्वतन्त्र सदस्य छन् । प्रदेशमा सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का २९, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका तीन सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर