बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध ४१ सांसदको हस्ताक्षरसहित आज सोमबार अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
नयाँ मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
