चन्द्रौटा (कपिलवस्तु), ३ फागुन : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

घाइते हुनेमा ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक बहादुर कार्की, बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका ४ बस्ने वर्ष ४० का पूर्ण बहादुर चन्द, कैलाली वेलडाडी नगरपालिका- १ बस्ने वर्ष २४ को महेश सुनार, बाँके राप्ती सोनारी गाउँपालिका–२ का वर्ष २३ का शुशिल कुँवर, गुल्मी मालिका गाउँपालिका– ७ बस्ने वर्ष २९ को अर्जुन कार्की, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी, सहचालक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ३५ को केशव हमाल, बैतडी मेनौली नगरपालिका–१ बस्ने वर्ष २२ को राजेश दयाल, कञ्चनपुर भीमदत्त नगरपालिका– १ बस्ने वर्ष १८ को नितेश सुनार रहेका छन् ।

त्यस्तै गोरखा शहिद लखन गाउँपालिका–७ बस्ने वर्ष ३० को मनोज विक, दार्चुला शैलेस शिखर नगरपालिका–३ दार्चुला बस्ने वर्ष २४ को नपीन भट्ट, कञ्चनपुर भीमदत्त नगरपालिका–१४ बस्ने वर्ष ३३ की गीता कुँवर निजको छोरा वर्ष १२ को नवीन कुँवर, ओखलढुङ्गा झारपुर गाउँपालिका वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल, कन्चन्पुर शुक्ला फाटा नगरपालिका ११ बस्ने वर्ष ३१ को मोहन सिङ लोहार, काठमाडौँ महानगरपालिका– ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकारको अहिले आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कञ्चनपुर भीमदत्त नगरपालिका १६ बस्ने वर्ष ५४ की नारायणी थापा सोही ठाउँ बस्ने १८ बस्ने वर्ष २८ को दीपेन्द्र बोहरा, कैलाली लम्किचुहा नगरपालिका–१ बस्ने वर्ष २७ की रेखा आचार्य, कञ्चनपुर भीमदत्त नगरपालिका–१८ बस्ने वर्ष ४१ की शान्ति सिंह, कैलाली गेरुवा गापा ४ बस्ने वर्ष ३२ को गणेश काफ्ले, उनको श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनकी छोरी वर्ष ३ कि सृष्टि काफ्ले, भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहमद रिजन, सोही ठाउँ बस्ने वर्ष ५४ को अनिस मनियार, धादिङ सिप्ले गापा–२ बस्ने वर्ष २५ को कृष्ण नेपाली, कञ्चनपुर भीमदत्त नगरपालिका १९ बस्ने वर्ष २० को सुमन विष्ट, कञ्चनपुर भीमदत्त नगरपालिका –१ बस्ने वर्ष २० को मनोज सिह धामि सोही ठाउँ बस्ने वर्ष २० को अशोक सिंह, कञ्चनपुर भीमदत्त नगरपालिका(४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटना भएको बस सुनौलो यातायात प्रालिको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर