काठमाडौँ, १८ माघ :  चौधरी ग्रुप सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरीलाई प्रहरीले पक्राउ  गरेको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सेटिङमा आफ्नो नाममा गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चौधरीलाई बिहीबार राजधानीबाट पक्राउ गरेको थियो ।

प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट (सीआईबी) ले पक्राउ गरेको हो ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर