सुदूरपश्चिम, ११ माघ : सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा ९माओवादी केन्द्र०का रेनु चन्द विजयी हुनुभएको छ ।

आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिला समूहमा चन्द विजयी हुनुभयो ।

अन्य समूहमा बोहराले चार हजार तीन सय २८ मतभार प्राप्त गर्दा नेकपा ९एमाले०का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार छ सय ९६ मतभार प्राप्त गर्नुभयो । अपाङ्गताका समूहमा भट्टले चार हजार चार सय १९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार पाँच सय १९ मतभार प्राप्त गर्नुभयो । साथै महिला समूहमा विजयी चन्दले चार हजार चार सय ५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार पाँच सय ७१ मतभार पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।

कूल ५२ प्रदेशसभा सदस्य र एक सय ७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी हुनुभयो । साथै दुई जना जनप्रतिनिधि अनुपस्थित रहनुभयो ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बझाङका प्रदेशसभा सदस्य नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि सवारी दुर्घटनामा निधन भएको थियो । त्यसैगरी यही माघ ४ गते बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो ।

प्रदेशसभा सदस्य मतदातातर्फ एक मत र पालिका तहका प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष मतदातातर्फ दुई मत बदर भएका छन् ।

धनगढीस्थित प्रदेशसभा सचिवालय परिसरमा मतदानस्थल तोकिएको थियो । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा महिला कोटाबाट निर्वाचित नेकपा ९एमाले०की इन्दु कडरिया ९कञ्चनपुर०, अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा ९माओवादी केन्द्र०का महेशकुमार महरा ९डडेलधुरा० र अन्य कोटाबाट निर्वाचित नेकपा ९माओवादी केन्द्र० कैलालीका हरिराम चौधरी ९उत्सव०को पदावधि आगामी फागुनमा सकिन लागेकाले यी तीन पदका लागि निर्वाचन भएको हो ।

मतदाताका रुपमा रहेका प्रदेशका सबै नौ जिल्लाका ८८ पालिका तहका प्रमुख, उपप्रमुखरअध्यक्ष, उपाध्यक्ष गरेर एक सय ७६ रहेका थिए । कूल मतदाता दुई सय २७ थिए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ९निधन भएका एकजनाबाहेक० १८ सदस्य छन् । नेकपा ९माओवादी केन्द्र०का ११, नेकपा ९एमाले०का दश, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा ९एकीकृत समाजवादी०का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् ।

यसैगरी, पालिका तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा नेपाली कांग्रेसका छन् । दोस्रो स्थानमा नेकपा ९एमाले० र तेस्रो स्थानमा ९माओवादी केन्द्र० छ ।
(((

प्रतिक्रिया

सम्बन्धित खवर