काठमाण्डौं, २४ । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्रेको छ । बम्जनलाई काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरिएको हो।
यो जानकारी सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले दिनुभएको हो । उहाँका अनुसार तपस्वी बम्जनमाथि हत्या, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप छ ।
आरोप लागेदेखि नै प्रहरीले तपस्वी बम्जनलाई खोज्दै आएको थियो ।बम्जन २०७६ सालदेखि नै फरार रहेका थिए। प्रहरीले चार वर्ष पछि बल्ल आज फेला पारेको छ ।
