काठमाण्डौं, १९ पुस ।वीरगन्जबाट पोखरा जाँदै गरेको बस तनहुँमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। बा ०३-००१ ख १२०६ नम्बरको सो बस आज बिहीबार बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेको अवस्थामा छ। घाइतेमा ३१ जना यात्रु, एक सहचालक र एक ड्राइभर रहेका छन् । सबैको उद्धार गरी उपचारको लागि अस्पतालमा पठाइएको छ । १ जनाको अवस्था गम्भीर छ ।
उहाँका उनुसार घाइतेमध्ये १४ जना भारतीय नागरिक छन्।
घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको छ।
भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन्।
त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिकाऔ-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल घाइते छन्।
