काठमाडौ, १७ पुस । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरणलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारार्थ महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । ७७ वर्षीय वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने कुरा चिकित्सकहरुले बताएका छन् ।
सो पार्टीका कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले उहाँको स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुभएको छ ।
‘
