काठमाण्डौं, १५ पुस । गण्डकी, कोशी  र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज आइतबारदेखि मङ्गलवारसम्म तीनै दिन हिउँ पर्ने सम्भावना  छ । मौसम पूर्वानुमान महाशाखाले गराएको जानकारी अनुसार तराइका भूभागमा हुस्सु र कुहिरो डम्मै लाग्ने हुँदा चिसो बढ्नेछ ।

आज कोशी र गण्डकीका प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना  छ ।  बाग्मतीमा भने आज हिउँ पर्दैन । तर  सोमबार र मङ्गलवार भने यी तीन वटै प्रदेशमा हिमपातको सम्भावना छ।

महाशखाका अनुसार आज बिहानैदेखि तराईमा हुस्सु र कुहिरो लागेको  छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्य रहेको  छ।

आजदेखि तीन दिनको मौसम

२०८० पुस १५ गते, आइतबार : दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ र बाँकी  भू–भागमा आंशिक बदली  हुने र मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिउँ पर्ने सम्भावना छ। रातीमा भने  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम  सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिउँ पर्नेछ ।

२०८० पुस १६ गते, सोमबार : दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हिउँ पर्नेछ । राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हिउँ पर्नेछ।

२०८० पुस १७ गते ,मङ्गलवार : दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दूई स्थानमा हिउँ पर्ने सम्भावना रहेको छ । राती कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हिउँ पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर