काठमाण्डौं , १४  पुस । नेपाल सुपर लिग (एनएसएल) २०८० को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाण्डौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले यो उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

धनगढी एफसी गत सिजनको उपविजेता हो । यस पटक पनि यो टिम उपविजेतामा नै रह्यो । गत बर्ष यो लिगको उपाधि काठमाण्डौले जितेको थियो ।

आजको फाइनल खेलको ३७ औं मिनेटमा  पहिलो गोल गरेर धनगढीले अग्रता लिएको थियो । तर त्यो अग्रता उसले लामो समय टिकाउन सकेन ।

ललितपुरका इमोह इजेकेलले पहिलो हाफको अन्तिम समयमा गोल गरेर बराबर बनाए । त्यसपछिको ५० औं र ५८ औं मिनेटमा धनगढीको पोस्टमा ललितपुरले अरू दुइ गोल थप्यो ।  ५० औं मिनेटमा ललितपुरका दिनेश हेमजन र ५८ औं मिनेटमा इमोह इजेकेलले गोल गरेका हुन् ।

खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरेर हारको गोल अन्तर कम गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर