काठमाण्डौं, १४ पुस । फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाउने र सो दिन सार्वजनिक विदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले २०७९ माघ २९  गते एक निर्णय गरी फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरेको  थियो ।

सरकरको त्यस निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । त्यसमा न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले  हिजो शुक्रबार त्यस्तो फैसला सुनाएको हो ।
जनयुद्ध शब्दमा राष्ट्रिय सहमति बनिनसकेको र संक्रमणकालीन न्यायका काममा काममा  सरकारको यस्तो निर्णयले प्रभाव पर्नसक्ने सक्ने सर्वोच्चको ठहर छ ।

अदालतको यो निर्यण र आदेशसँगै यस वर्ष पनि फागुन १ गते विदा दिने गरी २ चैत २०७९ मा राजपत्रमा प्रकाशित सूचना र यही सन्दर्भमा प्रदेश सरकारहरुबाट भएका निर्णय र सूचनाहरु समेत उत्प्रेषणको आदेशद्वारा बदर भएका छन् । अब जनयुद्ध दिवस भनेर सरकारी स्तरमा मनाउन र सार्वजनिक बिदा दिन पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर