काठमाडौं, ३१ चैत । पछिल्लो २४ घण्टामा ४ सय ६० जना आरटी पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ ।यस सँगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लोे चौविस घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ५८ पुगेको छ ।
मनत्रालयका अनुसार पछिल्लो चौविस घण्टामा १५३ जना विसेक भएका छन् ।
यससँगै विसेक हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये २०१ जना मात्र काठमाडौं उपत्यकामा पुष्टि भएका छन् । जसमध्ये काठमाडौंमा १६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना रहेका छन् ।
