काठमाडौं ३१ चैत । दोलखाको बिगु गाउँपालिका–४ मा टाटाको योद्धा गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको दोलखाका डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा बिगु–३ घर भएका ३५ बर्षिय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीय राधा खड्का र २४ वर्षीय चण्डिका थापा छन् ।

चरिकोटबाट लादुक जाँदै गरेको प्रदेश–३–०१–०२३च ७५८० नम्बरको टाटा पिकअप दुर्घटना भएको हो । क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरोले उकालोमा तान्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा परेर १७ जना घाइते भएका छन् ।घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का रहेको प्रहरीले जनाएको छ

गए राति साढे १० बजे दुर्घटना भएपछि निमित्त प्रमुख जिल्ला अधिकारी बद्री तिवारी र डिएसपी रिजाल घटनास्थलमा पुप्ग्नुभएको थियो ।

घाइतेमध्ये १० जनालाई काठमाडौं पठाइएको र ७ जनाको जिल्ला अस्पताल चरिकोटमा उपचार भइरहेको डिएसपी रिजालले बताउनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर