काठमाडौं, ३० चैत्त । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९) बाट १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै अब मृत्युहुनेको सँख्या ३०५३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५१०५ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ५५९जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस सँख्यासँगै सङ्क्रमितको कुल संख्या २ लाख ८० हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित विसेक भएका छन् । अब विसेक कुल सँख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ ।
मन्त्रालय अनुसार अहिलेसम्म २३ लाख १७ हजार २८४ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।
