काठमाण्डौं, ३० चैत । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चारजना सांसदलाई निष्कासन गरेको छ । निष्कासित प्रदेश सांसदहरूमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्रले यी चारजना सांसदलाई बर्खास्त गरेको पत्र प्रदेश सभामा बुझाएको छ । सभामुख सरोजकुमार यादवले यो समाचारको पुष्टि गर्दै बर्खास्त गरेको पत्र प्राप्त भएको बताउनु भएको छ ।

नेकपा माओवादीको केन्द्रीय समितिले निष्कासन गर्नु पूर्व एमालेमा लागेको भन्दै उहाँहरूसित स्पष्टीकरण सोधेको थियो । तर उहाँहरुले जवाफ नदिएको बताइएको छ ।

२ नम्वर प्रदेशमा माओवादीका ११ जना सांसद रहेकोमा ४ जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर