काठमाडौँ, २६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गर्नु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उहाँहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ । सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो । भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो ।

गत साउन १० गतेदेखि प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग राखेर अवरोध गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर