भादगाउँ, ५ साउन । चाँगुनारायण नगरपालिका–७ बागेश्वरीको पगरी टोलमा एक सय ६७ वर्ष पुरानो शिलालेख फेला परेको छ । सडक स्तरोन्नतिका लागि स्थानीय जनक लामिछानेको जग्गा सम्याउने क्रममा बाँसको झ्याङमुनि कोलसहितको शिलालेख फेला परेको हो ।

करिब सात फिट लम्बाइको शिलालेखको ढुङ्गा प्राचीन ढुङ्गे कोल भएको स्थानीय हरिसुन्दर छुंकाले बताउनुभयो । सो स्थानमा कोलमा राखिने गोलो ढुङ्गासमेत फेला परेको छ । उक्त ढुङ्गा तीन किलोभन्दा बढी रहेको छुंकाले जानकारी दिनुभयो ।

पगरी टोलमा फेला परेको शिलालेख, गोलो ढुङ्गाका साथै ऐतिहासिक चट्टान अभिलेख र चित्रको अध्ययन अनुसन्धान गरी संरक्षण गर्ने नगर प्रमुख जीवन खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर