काठमाडौँ, २७ चैत्र । नेकपा एमाले प्रवेश गरेका नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई पनि केन्द्रले कारबाही गरेको छ ।
थापाले आफूले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
यसैगरी, राष्ट्रियसभाका अर्का सदस्य चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको केन्द्रले जनाएको छ ।
केन्द्रले यसअघि एमाले प्रवेश गर्नुहुने सांसद टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कार्यवाही गरेको थियो ।
