काठमाडौँ, २७ असार । सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।

एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका हिक्मतबहादुर कार्कीले नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू/नगराउनु ।”

निवर्तमान मुख्यमन्त्री  कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ ।

सर्वोच्चले विपक्षीहरुको नाममा ७ दिनको समय दिएर साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर